Section 43
खारेजी र बचाउ
 (१) प्रतिलिपि अधिकार ऐन, २०२२ खारेज गरिएको छ ।
(२) यो ऐन प्रारम्भ हुनु पूर्व सार्वजनिक रूपमा प्रकाशन भएका रचनाको बांकी रहेको प्रतिलिपि अधिकारको संरक्षण अवधि यस ऐन बमोजिम संरक्षण भएको मानिनेछ ।
(३) प्रतिलिपि अधिकार ऐन, २०२२ बमोजिम भए गरेका काम कारवाहीहरू यसै ऐन बमोजिम भए गरेको मानिनेछन्।